सर्लाहीकाे बलरामा आगलागी हुँदा १८ लाख बराबरको क्षति

 माघ ६, २०७५ आइतबार ९:८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – सर्लाहीको बलरा- ८ मा शनिबार साँझ आगलागी हुँदा १८ लाख बराबरको क्षति भएको छ ।

स्थानीय ईशा महमदको घरको आँगनमा बालेको घुरको आगो सल्किँदा स्थानीय सलिम लहेरी, मजुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर पुर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।

आगलागीमा पोल्ट्री फर्म, अन्न, लत्ताकपडा जलेको छ । स्थानीय र प्रहरीको सहयोगमा आगाे नियन्त्रण लिइएको थियाे ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया