अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
दाङ - तास खेलिरहेको अवस्थामा दाङमा प्रहरीले नगदसहित चार जनालाई पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.-५ (ग) लाइनमा रहेको न्यू हरियाली रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा नगद ८८ हजार २ सय ६० रुपैयाँ र एक गड्डी ताससहित चार जनालाई पक्राउ गरिएको हाे ।
पक्राउ परेकाहरुहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवासम्बन्धी) कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी पवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।