सुदूरपश्चिम प्रदेशमा ३४ प्रतिशत महिलाले घरैमा बच्चा जन्माउँदै

 माघ ६, २०७५ आइतबार १७:८:२ | विमल बिष्ट
unn.prixa.net

डाेटी - सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेको एक तथ्यांकले देखाएको छ । 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज पाण्डेका अनुसार सुदूरपश्चिममा ३४ प्रतिशत महिलाले घरैमा बच्चा जन्माउने गरेका छन् । उहाँले भन्नुभयो,‘स्वास्थ्य संस्थामा बच्चा जन्माउनका लागि हामीले विभिन्न कार्यक्रम गरे पनि जनचेतनाको कमीका कारण यहाँका अधिकांश महिलाले घरैमा बच्चा जन्माउने गरेका छन् ।’

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार स्वास्थ्य संस्थाले गएको पुस महिनालाई सुरक्षित मातृत्व महिना मनाए पनि यहाँका महिलाले घरमै बच्चा जन्माउने गरेकाे पाइएकाे हाे । 

यस्तै यस प्रदेशका ७ सय ३३ वडामध्ये ६ सय ५८ मा ‘बथिर्ङ सेन्टर’ स्थापना भए पनि सबै महिला स्वास्थ्य संस्थामा आउन नसकेको सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

प्रदेशका सबै जिल्लामा गर्भवतीलाई स्वास्थ्य संस्थामा आउन प्रोत्साहन गर्ने उद्देश्यले निमन्त्रणा कार्ड पठाउने व्यवस्था गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया