रामेछापमा यात्रु बस दुर्घटना: २ जनाकाे ज्यान गयाे, २३ घाइते

 माघ ६, २०७५ आइतबार १८:४:१५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको मन्थली नगरपालिका वडा नं–१ मच्छेडाँडीमा आइतबार दिउँसो एउटा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । 

छिमेकी जिल्ला ओखलढुङ्गाको घोराखोरीबाट काठमाडौं जान हिँडेको बा ४ ख ४२१० नम्बरको अरनिको यातायात सेवा समितिको बस मन्थली नगरपालिकाको मच्छेडाँडीमा ब्रेक फेल भएर  दुर्घटना भएको बताइएको छ । 

बसमा रहेकामध्ये ओखलढुङ्गा जिल्ला फुलबारी घर भएका अन्दाजी ३६ वर्षका प्रेम भनिने ओमबहादुर कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो । त्यस्तै घटनामा गम्भीर घाइते भएका मन्थली नगरपालिका वडा नं–५ सुनारपानीका अन्दाजी वर्ष ३२ का निरज भुजेलको उपचारको लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका अन्य २३  जनाको दुर्घटनास्थलवाट प्रहरी तथा स्थानीयलगायतको टोलीलेउद्धार गरी मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ । 

उपचाररतमध्ये थप गम्भीर घाइते दुई जनालाई काठमाण्डौ रिफर गरिएको तामाकोशी सहकारी अस्पतालका निर्देशक डा.सुमन कर्माचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेको छ । हाल सबै घाइतेको उपचार सोही अस्पतालमा भइरहेको छ ।

यसरी दुर्घटनामा परि घाइते हुनेहरुमा रामेछापका गौतम भुजेल, नारायण कार्की, सरोज कार्की, भक्तबहादुर भुजेल, इश्वरी महत, युनिषा भुजेल, अजय भुजेल रहेका छन् । त्यसैगरी ओखलढुङ्गाका नवराज पाण्डे, खड्ग भुजेल, मिलन गुभाजु, चिना माया माझी, अर्जुन तामाङ  बर्दिया जिल्ला घर भई ओखलढुगांबाट काठमाण्डौतर्फ हिँडेका  भोलाराम थारु, बलदेव थारु लगायत २३ जना रहेका छन् ।   

ओरालो कालोपत्रे सडकमा गुडिरहेको बसको एक्कासी ब्रेकफेल भएपछि चालकले दुर्घटना हुनबाट जोगाउन पक्की सडकको भित्तातर्फ उकालो लागेको कच्ची सकडतर्फ बस लगेका थिए । यात्रु जोगाउन बसलाई कच्ची सडकतर्फ लैजाँदा बस पल्टिएको थियो । 

बस अकस्मात पल्टिन खोज्दा बसको ढोकामा रहेका मृतक भुजेल बसको ढोकाबाट हाम फालेका प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई अन्य साथीहरुले हाम नफाल्न आग्रह गरेका थिए । 
तर साथीहरुले भनेको कुरा नसुनी हामफाल्दा बसले उनको कम्मर मुनिको भाग च्यापेको थियो । उनलाई डोजरको सहायताले घटनास्थलबाट निकालेर अस्पताल पठाइएको थियो ।  
 
अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया