प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
यूएईमा जारी एसियन कप फुटबलमा भियतनाम क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा जोर्डनलाई पेनाल्टी शूट आउटमा ४–२ गोल अन्तरले पराजित गर्दै भियतनाम क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित र अतिरिक्त समयमा दुवै टिमले एक एक गोलको बराबरी खेलेपछि खेलको नतिजा पेनाल्टीबाट निकालिएको हो । बहा अब्दुल रहेमान मुस्तफाले ३० औं मिनेटमा गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफसम्म अग्रता जोगाएको जोर्डनले ५१ औं मिनेटमा गोल खाएको थियो । जसमा भियतनामका कोङ नोग्यिनले बराबरी गोल गरेका थिए ।
त्यसपछि दुवै टिमले निर्धारित र अतिरिक्त समयमा गोल गर्न सकेनन् । पेनाल्टीबाट निकालिएको नतिजामा भियतनामा क्यू नोङ हियान, हुङ दङ, सुवन लुङ र टियान दङले गोल गरेका थिए । जोर्डनका बहा अब्दुल र अहमद अल असरनले मात्र गोल गरेका थिए ।