एसियन कप फुटबल : थाइल्याण्डलाई हराउँदै चीन क्वार्टरफाइनलमा

 माघ ७, २०७५ सोमबार ६:५६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

एसियन कप फुटबलमा चीन क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा थाइल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।

थाइल्याण्डले सुरुआती अग्रता लिए पनि जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो । ३१ औं मिनेटमा सुपची जयडेडले गोल गर्दै थाइल्याण्डलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोलको अग्रता लिएर चीनमाथि दबाब बनाएको थाइल्याण्डले दोस्रो हाफमा भने लय गुमाउन पुग्यो ।

जियो झीले ६७ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए । ७१ औं मिनेटमा गाओलिनले पेनाल्टीमार्फत गोल गर्दै चीनलाई अन्तिम आठमा पुर्याउन सफल भए ।

अन्तिम अपडेट: चैत १२, २०७५

तपाईको प्रतिक्रिया