काठमाण्डौको टोखामा कार र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

 माघ ७, २०७५ सोमबार ८:५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टोखामा कार र मोटरसाइकल ठोक्किँदा स्याङ्जा चापाकोट नगरपालिका १० का सफल माझीको ज्यान गएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

बा ८ च ८७६२ नम्बरको कार र बा ६६ प ५४२५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडी बसेका १८ वर्षका सफल माझीको ज्यान गएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बसुन्धारा बस्ने प्रकाश बस्यालको धापासीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: साउन ८, २०७६

तपाईको प्रतिक्रिया