त्रिशूलीमा ट्रक खस्यो, एकजना बेपत्ता

 माघ ७, २०७५ सोमबार १०:३७:२६ | उज्यालो सहकर्मी

चितवन – त्रिशुली नदीमा ट्रक खस्दा धादिङको रोराङ गाउँपालिका १० का तुलबहादुर गुरुङ बेपत्ता हुनुभएको छ । 

भुस बोकेर चितवनको भरतपुरबाट नुवाकोटका लागि छुटको ना ३ ख १८३ नम्बरको ट्रक फिस्लिङबाट त्रिशुलीमा खस्दा चालक गुरुङ्ग बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकसँगै खसेका सुरज गुरुङ घाइते हुनुभएको छ ।  
 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया