डीपीएलकाे टिम चौराहा धनगढी अब धनगढी स्टार्स बन्ने, प्रायोजक र मालिक पनि नयाँ

 माघ ७, २०७५ सोमबार १७:१५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

धनगढी - यसअघि टिम चौराहा धनगढीको नामबाट दुई वटा संस्करणमा सहभागिता जनाएको धनगढीले यसपटक नयाँ नाम र नयाँ मालिकको साथमा डीपीएलमा सहभागिता जनाउने भएको छ ।

आसन्न धनगढी प्रिमियर लिगमा सहभागी टिम धनगढी स्टार्सको मुख्य प्रायोजकका रुपमा ग्लोबल म्यानेजमेन्ट कलेज भित्रिएको छ ।

यसका लागि टिमले मुख्य प्रायोजकका रुपमा ग्लोबल कलेजसँग सम्झौता गरेको हो । याे सम्झाैता एक वर्षका लागि रहेकाे छ । सम्झाैतापत्रमा धनगढी स्टार्सका अध्यक्ष कृष्ण बाेहरा र ग्लाेबल कलेजका प्रमुख कार्यकारी अधिकृत खगेन्द्र अेाझाबीच हस्ताक्षर भएकाे छ ।

टिममा सहभागी हुने विदेशी खेलाडीका साथै अन्य विवरण आउने दिनहरुमा सार्वजनिक गर्ने अध्यक्ष कृष्ण बाेहाेराले जानकारी दिनुभयाे । कार्यक्रममा टिमकाे नयाँ जर्सी पनि सार्वजनिक गरिएकाे थियाे ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया