चलचित्र ‘रातो गलबन्दी’मा केकी र कोशिशको रोमान्स

 माघ ७, २०७५ सोमबार २०:४१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली चलचित्र‘रातो गलबन्दी’को छायांकन सुरु गरिएको छ । 

प्रेमकथामा आधारित चलचित्र‘रातो गलबन्दी’मा अभिनेत्री केकी अधिकारी र संगीतकार कोशिश क्षेत्रीले पहिलो पटक स्क्रिन साझेदारी गर्ने पक्का भएको बुझिएको छ ।
मोरङको उर्लाबारीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको घोषणा गरिएको थियो । चलचित्रको छायांकन इलाम, झापा, मोरङलगायत पूर्वका रमणीय स्थलहरुमा गरिने बताइएको छ ।

मनिष थापाले निर्देशन गर्ने चलचित्रका  निर्माता हिमाल कडेरीया, नवराज लम्साल र दुर्गा बस्नेत निर्माता हुन् । 

चलचित्रमा केकी र कोशिशबाहेक बुद्धि तामाङ, रमेश बुढाथोकी, अर्जुन गुरुङ, पुर्वका ‘चुप्पी डन’को नामले परिचित यज्ञबहादुर कटुवाल लगायतले अभिनय रहनेछ । 
चलचित्रको कथा हिमाल कडरियाले लेखेकाहुन् ।

किरण माइकलको पटकथा रहेको चलचित्रमा सुमन योन्जनको छायंकन रहने बताइएको छ ।

 

उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया