‘अनुराग’पछि दोस्रो चलचित्रको तयारीमा एलिजा

 माघ ८, २०७५ मंगलबार ७:३६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

सिनेमा अनुरागबाट डेब्यू गरेकी अभिनेत्री एलिजा गौतमले पहिलो सिनेमामा राम्रो काम नगरेको भन्दै धेरै आलोचना खेपिन् । उनलाई धेरैले सिनेमामा अभिनय सिकेर मात्र आउनु पर्ने सुझाव दिए । सिनेमा हेरेर अरुले दिएको सुझावलाई एलिजाले सकारात्मक रुपमा लिएर अघि बढेकी छिन् । 

सबैको सुझाव र सल्लाह अनुसार एलिजा यतिबेला दोस्रो प्रोजेक्टको तयारीमा जुटेको विशेष स्रोतले जनाएको छ । 

अबको प्रोजेक्टमा भने एलिजाले अनुरागमा गरेका गल्तीहरु सकेसम्म नगर्ने तयारी गरिरहेकी छिन् । उनको दोस्रो प्रोजेक्टले दर्शकहरुलाई सरप्राइज दिनेछ ।

यतिबेला एलिजा बाहिरी ब्यानरका सिनेमाको तयारीमा छिन् । उनी अब केही समय बाहिरी ब्यानरका सिनेमामा काम गरेर मात्र आफ्नो ब्यानरमा सिनेमा निर्माण गर्ने तयारीमा छिन् । 

उनको डेब्यू सिनेमा अनुरागका प्रस्तुतकर्ता ऋषिराज धमला अर्थात् उनका श्रीमान थिए । 

दुईवटा सन्तानकी आमा बनिसकेकी एलिजालाई सिनेमामा प्रवेश गर्नु निकै चुनौतीपूर्ण थियो । उनलाई परिवारले साथ दिए पनि सिनेमा उद्योगमा प्रवेश गरेपछि भने केही अप्ठ्यारो पर्यो । धेरैले उनलाई विवाहित र दुईवटा सन्तानकी आमाको रुपमा हेरे जसले एलिजाको चित्त दुख्यो । 

हामीसँगको कुराकानीमा पनि एलिजाले आफूलाई सिनेमा उद्योगको यो पक्ष मन नपरेको बताइन् । 

उनले एउटा अभिनेत्रीलाई सिनेमामा अनुबन्धित गर्दा ऊ विवाहित हो की हैन ? छोराछोरी पाएकी छ कि छैन ? भनेर नहेरी उसको काम हेर्न जरुरी भएको बताएकी छिन् । 

–उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया