मौसम : पश्चिमी वायुको प्रभावले पानी पर्ने सम्भावना

 माघ ८, २०७५ मंगलबार ८:९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अहिले उपत्यकासहित पश्चिम नेपालको मौसम बदली भएको छ । उपत्यकामा सामान्य र पश्चिमका धेरैजसो ठाउँको मौसम पूर्णरुपमा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुको प्रभावका कारण पहाडी जिल्लामा हल्का वर्षा र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा भने बेलुकी वा रातिसम्ममा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । 

मंगलबारदेखि पश्चिमी वायुको प्रभाव नेपालतिर सरेकाले हल्का वर्षा र हिमपातको सम्भावना बढेको हो । अहिले काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया