पश्चिमका धेरै ठाउँमा मेघगर्जनसहित वर्षा, अब दुई दिन पदयात्रामा ननिस्कन मौसमविद्को सुझाव

 माघ ८, २०७५ मंगलबार ८:४८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अहिले सुदूर र मध्य पश्चिममा धेरै ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ । अहिले पश्चिममा पानी पारेको पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले अहिले देशभरीकै मौसम बदली भएको र उच्च हिमाली क्षेत्रमा हिमपात भैरहेको मौसमविद्ले बताएका छन् । 

मौसमविद् शान्ति कँडेलका अनुसार आज देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना छैन । विशेषगरी दिउँसो पश्चिममा पानी र हिमपात भए पनि राति भने काठमाण्डौसहित मध्य र पूर्वको केही ठाउँमा पनि मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ । तर ठूलो पानी भने नपर्ने उहाँले बताउनुभयो ।

यो प्रणाली बुधबार बेलुकीसम्म नै सक्रिय रहने भएकाले बिहीबारदेखि मात्रै मौसममा सुधार आउने उहाँको अनुमान छ । पानी पर्नुका साथै हिमपात पनि हुने भएकाले मंगलबार र बुधबार पदयात्रामा ननिस्कन मौसमविद् कँडेलको सुझाव छ । 

यस्तै हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्दा पनि सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया