कोरियन वनको मूल्य घट्यो, डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ बढ्यो

 माघ ८, २०७५ मंगलबार १०:५०:१ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार स्थिर रहेको अमेरिकी डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ मंगलबार केही बढेको छ । तर कोरियन वनको भने भाउ केही पैसा घटेको छ । 

मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३५ पैसा तोकेको छ । सोमबार डलर १ को खरिददर ११३ रुपैयाँ ६० पैसा र बिक्रीदर ११४ रुपैयाँ २० पैसा तोकिएको थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा थियो । 

मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकिएको छ । सोमबार रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको थियो । 

यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६६ पैसा र बिक्रीदर २७ रुपैयाँ ८० पैसा तोकिएको छ । रिंगिटको भाउ हिजो खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रीदर २७ रुपैयाँ ७७ पैसा तोकिएको थियो । 

आज मंगलबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८३ पैसा छ । हिजो खरिददर ३७४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३९ पैसा थियो । 

बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ६८ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ २७ पैसा तोकिएको छ । सोमबार खरिददर र ३०१ रुपैयाँ २८ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ८७ पैसा रहेको थियो । 

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ । हिजो सोमबार खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको थियो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया