प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाडौं – नेपाली कांग्रेसले आज पनि संसद अवरुद्ध गराएको छ ।
कांग्रेस नेताहरुको नाउँमा सञ्चालनमा रहेको अस्पताललाई सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेसले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध गरेको हो ।
बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर बिराेध जनाएपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस नेता प्रकाशमान सिंहलाई बाेल्ने समय दिनुभएकाे थियाे ।
सभामुखले दिएकाे समयमा बाेल्दै सिंहले विपी कोइरालाको नाउँमा तनहुँमा रहेको राष्ट्रिय श्वासप्रश्वास केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सरकारले दुई तिहाईको दम्भमा खारेज गर्न लागेको बताउनुभयो ।
संघीय सरकारमार्फत नै सञ्चालन हुने निर्णय सदनलाई जानकारी नगराएसम्म संसदको कुनै पनि प्रकृया अघि बढाउन नदिने भन्दै कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।
कांग्रेस सांसदको नाराबाजीका कारण बैठक अवरुद्ध भएको हो ।
सभामुख कृष्णबहादुर महराले आफूले सरकारको विशेष ध्यानाकर्षण गराइसकेको बताउँदा पनि कांग्रेस सांसदहरुले नाराबाजी गर्न नछोडेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएकाे छ ।