कस्को छेउ सर्न खोज्दैछिन् प्रियंका ?

 माघ ८, २०७५ मंगलबार १९:२०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रियल जोडी अभिनेत्री प्रियंका कार्की र आयुषमान देशराज जोशीको मुख्य अभिनय रहेको चलचित्र ‘प्रेम दिवस’को पहिलो गीत सार्वजनिक भएको छ । 

‘तिम्रो छेऊ सँरु कि म’बोलको गीतमा गायिका अन्जु पन्तको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत महाराज थापाको रहेको छ । गीतको कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

लभ स्टोरी विधामा निर्माण भएको चलचित्र ‘प्रेम दिवस’मा प्रियंका कार्की र आयुष्मान देशराज जोशीसँगै हेमन्त बुढाथोकी, शिवशंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्री कृष्ण लुइँटेललगायतका कलाकारहरुको अभिनय रहेको छ । 

चलचित्रका गीतमा महाराज थापा, महेश खडका, दीपक शर्मा, करण राज कार्कीको संगीत तथा डां कृष्णहरि बराल, शान्ति प्रिय, बवि थापा, सन्तोष थापाको शब्दका साथै अन्जु पन्त, निशान भट्टराई, मेलिना राई, किरण राजकार्कीलगायतको स्वर रहेको छ ।

चलचित्रको निर्देशन योगेश घिमिरेले गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, रेनिश फागोको छायांकन, मिलन श्रेष्ठ र बनिश शाहको सम्पादन रहेको छ ।
चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रमा संजय न्यौपानेको लगानी रहेको छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया