राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा

 माघ ८, २०७५ मंगलबार २०:४९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व नम्बर २ खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्पेनिस खेलाडी नाडालले मंगलबार अमेरिकाका फ्रान्सिस टिफोेउलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।  नाडालले  क्वार्टरफाइनलमा विश्व वरियतामा ३९ औंं स्थानमा रहेका टिफोउलाई सोझो सेटमा पाखा लगाएका थिए ।

उनले पहिलो सेट ६–३ ले जित्दा दोस्रो सेट ६–४ र तेस्रो सेट ६–२ ले आफ्नो पक्षमा पारेका थिए । नाडालले यो खेल जित्न एक घन्टा ४७ मिनेट समय लगाएका थिए । अहिलेसम्म कुनै पनि सेटमा पछि नपरेको  नाडालले फाइनल प्रवेशका लागि ग्रीसका स्टिफेनो स्टीपससँग प्रतिस्पर्धा गर्ने छन् ।

स्टिफेनोले क्वार्टरफाइनलमा रोवर्टो बातिस्टा अगुटलाई पराजित गरेका थिए । यसैगरी उनले जारी सिजनमा डिफेन्डिङ च्याम्पियन रोजर फेडेरलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया