एसियन कप : बहराइनलाई पराजित गर्दै दक्षिण कोरिया क्वार्टरफाइनलमा

 माघ ९, २०७५ बुधबार ६:३५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

एसियन कप फुटबल प्रतियोगितामा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बहराइनमाथि २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । 

कोरियाले जित निकाल्न अतिरिक्त समयमा गरेको गोल नै निर्णायक भएको थियो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक–एक गोल गरे पछि ३० मिनेट समय थपिएको थियो । जसमा १०७ औं मिनेटमा किम जीन सुले गरेको गोलले नै कोरियालाई पुर्याउन पर्याप्त भयो । 

निर्धारित समयको ह्वाङ ही चानले ४३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एक गोलले पछि परेको बहराईनले ७७औं मिनेटमा बराबरी गोल गरेको थियो । बहराइनका मोहम्द अल रोमाहीले बराबरी गोल गरेका थिए ।  
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया