देशका विभिन्न ठाउँमा वर्षा र हिमपात, आज दिनभर पानी पर्ने सम्भावना

 माघ ९, २०७५ बुधबार ६:५३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकासहित देशमा धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले पूर्वका थारै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले बुधबार काठमाण्डौसहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ । पश्चिममा पनि मौसम खुल्ने संभावना छैन । बुधबार रातिदेखि यो प्रणाली कमजोर भएपछि बिहीबार देशभरी कै मौसम सुधार हुनेछ ।

मौसमविद् श्रेष्ठका अनुसार शुक्रबारदेखि फेरि अर्को प्रणाली आउन लागेकाले देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने उहाँको अनुमान छ । बुधबार दिउँसो पानी पर्ने भएकाले देशभरीकै अधिकतम तापक्रम घटेर चिसो हुने मौसमविद् समिर श्रेष्ठको भनाइ छ । पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो बढ्नेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया