अध्यक्ष दाहालको स्वास्थ्यमा सुधार

 माघ ९, २०७५ बुधबार ८:६:४ | रासस
unn.prixa.net

काठमाण्डाै – भाइरल ज्वरोबाट बिरामी पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले मंगलबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । चिकित्सकले पूर्वप्रधानमन्त्री दाहाललाई दुई/तीन दिन घरमै आराम गर्न सुझाव दिएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । चिकित्सकको सल्लाह अनुरुप अध्यक्ष दाहाल आफ्नै निवासमा आराम गरिरहनुभएको छ ।

यसैबीच, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार सुमेरु अस्पताल पुगी अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

अध्यक्ष दाहालले आफ्नो स्वास्थ्य अवस्थाबारे चासो राख्ने शुभचिन्तकप्रति आभार प्रकट गर्दै आफू चाँडै स्वस्थ्य हुने विश्वास व्यक्त गर्नुभएको छ । यसैगरी तीन दिनदेखि सुमेरु अस्पतालमै उपचारत अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्यमा पनि उल्लेख्य सुधार भएको र चाडै उहाँ निवास फर्कने प्रेस संयोजक सापकोटाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया