डाक्टर देवकोटाको अन्त्येष्टि गरियो

 असार ५, २०७५ मंगलबार १६:३६:५२ | उज्यालो सहकर्मी

काठमाडौं – दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाको मंगलबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

सोमबार साँझ निधन भएका डाक्टर देवकोटाको पार्थिव शरीरमा पत्नी डाक्टर मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिएपछि अन्त्येष्टि गरिएको हो ।देवकोटाको विद्युतीय माध्यामबाट शवदाह गरिएको छ । अन्त्येष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पणसहित देवकोटाको अन्तिम बिदाई गरेको थियो । देवकोटा निवास हेपाली हाइटमा पत्नी डाक्टर मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकिरिया गर्नुहुनेछ । 

काजकिरिया ७ दिनमा सम्पन्न हुने अस्पतालले जनाएको छ ।  यसअघि उहाँलाई सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम बिदाई गरेका थिए । काठमाडौंको बाँसबारीमा रहेको न्यूरो अस्पताल प्राङ्गनमा राखिएको डाक्टर देवकोटाको पार्थिव शरिरमा सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

सोमबार साँझ सोही अस्पतालमा उपचारको क्रममा निधन भएका डाक्टर देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उहाँका विद्यालय तहका सहपाठी डाक्टर बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुग्नु भएको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया