पूर्व श्रीमान अरबाजलाई कुरा लगाएको भन्दै ड्राइभरलाई जागिरबाट निकालिदिइन् मलाइकाले

 माघ १०, २०७५ बिहिबार १२:५९:२९ | एजेन्सी
unn.prixa.net

बलिउडमा यति बेला मलाइका अरोडा र अर्जुन कपूर उनीहरुको प्रेम सम्बन्धका कारण चर्चामा छन् ।  यो जोडी कहिले कुनै पार्टी, कहिले डिनर त कहिले बाहिर घुम्न जाँदा एकअर्काका साथ समय बिताइरहेका तस्बिरहरु मिडिया तथा सामाजिक संजालमा छाइरहेका हुन्छन् ।

तर यसैबीच मलाइका अरोडालाई भने उनका मुकेश नामका ड्राइभरले आफ्ना व्यक्तिगत कुराहरु बाहिर भन्ने गरेको शंका गरेकी छिन् । तसर्थ मलाइकाले ती ड्राइभर विरुद्ध ठूलो निर्णय लिएकी छिन् । 

भारतीय सञ्चार माध्यममा मलाइका र अर्जुन कपूरबीचको सम्बन्धलाई लिएर अनेकौं खबरहरु आइरहेका छन् । आफ्ना व्यक्तिहरु कुराहरु यसरी बाहिर सार्वजनिक गर्ने अरु कोही नभएर आफ्नै ड्राइभर रहेको कुरा थाहा पाएपछि मलाइका रिसले आगो भएकी छिन । मलाइकाले रिसको झोकमा ती ड्राइभरलाई जागिरबाटै निकालि दिएकी छिन् । 

अरबाज खानका साथ सम्बन्धबिच्छेद हुनुअघि देखि नै ती मुकेश नामका ड्राइभर मलाइकाको गाडी चलाउने गर्थे । अरबाज खानले मलाइका र आफ्ना लागि एकै पटक बब्लु र मुकेश नामका दुईजना ड्राइभर नियूक्त गरेका थिए । बब्लु र मुकेश दाजुभाइ हुन् ।

अरबाजसँगको सम्बन्ध बिच्छेदपछि पनि मलाइकाले मुकेशलाई नै ड्राइभर राखेकी थिइन् भने बब्लुले अरबाज खानको गाडी चलाउने गर्छन् । 

अहिले मलाइकाको गाडी चलाइरहेका मुकेशले मलाइकाको व्यक्तिगत कुरा उनका भाइ बब्लुलाई भन्ने गर्थे भने बब्लुले त्यो कुरा अरबाज खानसम्म पुर्‍याइरहेका थिए । यो थाहा पाएपछि मलाइका अरोडाले ती ड्राइभरलाई जागिरबाट निकालि दिएकी छिन् ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया