किन गरे प्रदिप खड्काले दि ब्रेकअपको ट्रेलर आफ्नो फेसबुकमा शेयर?

 माघ १०, २०७५ बिहिबार १४:४३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली चलचित्र बजारका नायक तथा नायिकाहरुलाई आफैले अभिनय गरेको चलचित्र प्रमोशनका निम्ति समय हुँदैन । 

यसै कारण धेरैजसो नायक नायिका र निर्माता निर्देशकबीच मनमुटाव पनि हुने गरेको छ । यही अवस्थामा एक अभिनेताले अन्य अभिनेताले अभिनय गरेको चलचित्रको प्रमोशनमा समय खर्चिन सक्लान ?

तर, अभिनेता प्रदिप खड्काले भने चलचित्र दि ब्रेकअपको ट्रेलर आफ्नो फेसबुकमा शेयर गरेका छन् र चलचित्रको प्रशंसासमेत गरेका छन् । 
उनले चलचित्रको ट्रेलरको प्रशंसा गर्दै विदेशी चलचित्रलाई नेपाली चलचित्रले पछि पार्न सक्नुपर्ने कुरा उल्लेख गरेका छन् ।

खड्काले दि ब्रेकअपको ट्रेलर यसरी शेयर गरेर उदाहरणीय काम गरेको र यस्ता कामले चलचित्र क्षेत्रकम सहयोगी भावना मौलाएर जानसक्ने धेरैको तर्क छ । 
तर कति चलचित्र पण्डितहरुले भने प्रदिपले निर्देशक बिसीसँग नजिक हुनका लागि ट्रेलर शेयर गरेका हुन् भन्ने गरेका छन्  । 

अभिनेता खड्का र अनमोल केसीलाई धेरैले एक अर्काको प्रतिस्पर्धीका रुपमा हेर्ने गरेका छन् । अनमोल अभिनित चलचित्र क्याप्टेन पनि त्यसै दिनबाट प्रदर्शनमा आउँदैछ । 

उनले दि ब्रेकअपको प्रचार गर्नुको पछाडि अनमोल पनि हुनसक्ने बताइन्छ । अभिनेता प्रदिप हेमराज बिसीको निर्देशनमा बन्न लागेको चलचित्रमा कामगर्ने तयारीमा छन्  ।

– उज्यालो र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया