मर्मतका लागि दुई दिन विद्युत आपूर्ति अवरुद्ध हुने

 माघ १०, २०७५ बिहिबार १५:२४:५ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभा लगायतका पूर्वी पहाडी जिल्लाहरुमा प्रसारण हुँदै आएको विद्युत प्रसारण लाइनमा समस्या देखिएपछि दुई दिनका लागि विद्युत आपूर्ति बन्द हुने भएको छ । 

३३ केभी विद्युत प्रसारण लाइनको दुहबी–धरान क्षेत्रमा समस्या देखिएकाले पूर्वका संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम र सुनसरी लगायका जिल्लाहरुमा बिहीबार र शुक्रबार विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र शाखा खाँदबारीका प्रमुख ध्रुब अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार, संखुवासभा र अन्य जिल्लामा वितरण गरिएको ३३ केभी विद्युत प्रसारण लाइनमा मर्मत गर्नुपर्ने भएकाले बिहीबार र शुक्रबार दिउँसो १ बजेबाट ६ बजे सम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

लामो रुट भएको कारणले मोरङ्गको दुहुबी हुँदै संखुवासभासम्म ल्याइएको विद्युत लाइनमा समय–समयमा समस्या देखिने गरेको उहाँको भनाइ छ । उहाँले मर्मतका लागि प्राविधिक टोलीद्धारा काम भइरहेकाले जिल्लाबासी सबैमा सूचना गरेर दैनिक पाँच घण्टा विद्युत अवरुद्ध हुने जानकारी दिनुभएको हो ।

दुवै दिन पाँच/पाँच घण्टाका दरले मर्मतको काम हुने र बेलुकी ६ बजेपछि भने नियमित रुपमा विद्युत प्रसारण गरिने अधिकारीले बताउनुभयो ।
   

अन्तिम अपडेट: फागुन २९, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया