शुक्रबार सबैभन्दा धेरै दिनारको भाउ घट्यो, रियाल, रिंगिट, दिर्हाम लगायतका मुद्रा पनि कमजोर

 माघ ११, २०७५ शुक्रबार ११:१०:२९ | उज्यालो सहकर्मी

काठमाण्डौ – यो साताभरी घटबढ भइरहेको विदेशी मुद्राको भाउ बिहीबारको तुलनामा आज शुक्रबार घटेको छ । अमेरिकी डलरको भाउ घट्दा शुक्रबार सबै विदेशी मुद्राको भाउ घटेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०२ पैसा तोकेको छ । बिहीबार डलर १ को खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा तोकिएको थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा तोकिएको छ । हिजो ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा थियो । 

आज शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ । बिहीबार रियाल १ को खरिददर  ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको थियो । 

यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा तोकिएको छ । रिंगिटको भाउ हिजो खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६६ पैसा तोकिएको थियो । 

आज शुक्रबार कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७५ पैसा छ । हिजो खरिददर ३७५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २७ पैसा थियो । 

बहराइन दिनारको एकको खरिददर ३०० रुपैयाँ ८१ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ४० पैसा तोकिएको छ । शुक्रबार खरिददर ३०१ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ ५६ पैसा रहेको थियो । 

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा तोकिएको छ । हिजो बिहीबार खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया