संसद भवन अगाडि प्रदर्शन गर्ने ३३ जना पक्राउ

 माघ ११, २०७५ शुक्रबार १४:२७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा संसद भवन अगाडि प्रदर्शन गर्ने ३३ जना पक्राउ परेका छन् । 

चिकित्सा शिक्षा विधेयक संशोधनको माग गर्दै प्रदर्शनमा रहेका ३३ जना पक्राउ परेका हुन् । पक्राउ परेका सबै  जनालाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।  पक्राउ पर्नेमा विवेकशील नेपालीका १८ र अरु स्वतस्फूर्त प्रदर्शनमा निस्किएका १५ जना छन् । 

प्रदर्शनका क्रममा उनीहरुले ‘माफिया सरकार मूर्दावाद, नालायक सरकार मूर्दावाद’ जस्ता प्ले कार्ड बोकेर  नाराबाजी गरेका थिए ।  

चिकित्सा  शिक्षा विधेयक संशोधन र यसअघि डाक्टर गोविन्द केसीसँग भएको सहमति कार्यान्वयनको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया