संसदमा आज पनि कांग्रेसको नारावाजी

 माघ ११, २०७५ शुक्रबार १४:२९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संसद बैठक अवरुद्ध पारेको छ ।

कांग्रेसको अवरोधका कारण संसदको कार्यसूचीमा रहेको चिकित्सा शिक्षा विधेयक पारित गर्ने काम आज पनि अलमलमा परेको छ । 

संसद सञ्चालन गर्ने विषयमा संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति हुन नसकेपछि संसद बैठक सुरु भएको हो ।  

बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस नेतृ पुष्पा भुषाललाई बोल्ने अनुमति दिनुभएको थियो । 

भुषालले आफ्नो पूर्व सभापतिहरुको नाम जोडिएको स्वास्थ्य संस्था संघीय सरकार मातहतमा नराखेको भन्दै निर्णय नसच्चाएसम्म बैठक अघि बढ्न नसक्ने बताउनुभयो ।   

भुषालले आफ्नो भनाइ राखेसँगै कांग्रेस सांसदहरु आसनबाट उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

सभामुख कृष्ण बहादुर महराले बैठक अवरुद्ध नगराउन र सदनको कारबाही अगाडि बढाउन सहयोग गर्न आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया