कांग्रेसको अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

 माघ ११, २०७५ शुक्रबार १४:४३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कांग्रेसको अवरोधका बीच संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक सुरु हुनासाथ नाराबाजी सहित रोष्ट्रम घेराउ गरे पनि सभामुख कृष्णबहादुर महराले विधेयक पेश गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिनुभएको थियो । 

विधेयक पेश गर्ने अनुमति दिएलगत्तै मन्त्री पोखरेल मर्यादापालकको सुरक्षा घेराबीच रोष्ट्रममा पुगेर संसदमा विधेयकमाथि छलफल गरियोस भनेर प्रस्ताव पेश गर्नुभएको थियो ।  

छलफलमा भाग लिने सांसद नभएपछि सभामुख महराले सदनमा बहुमतले शिक्षा विधेयक पारित भएको घोषणा गर्नुभयो ।

विधेयक पारित भैरहँदा कांग्रेसका सांसदहरुले चर्को नाराबाजी गरेको थिए ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया