सरकारले तानाशाही प्रवृत्तिमा विधेयक पारित गर्‍याे: सभापति देउवा

 माघ ११, २०७५ शुक्रबार १५:७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही प्रवृत्तिमा विधेयक पारित गराएको भन्दै यसको सदन र सडक सबैतिरबाट विरोध गर्ने बताउनुभएको छ । 

बैठकपछि बाहिरिने क्रममा सभापति देउवाले कम्युनिष्टले दुई तिहाइको दम्भ देखाएको बताउनुभयो । सभामुख तटस्थ हुनुपर्नेमा सभामुखले पनि पदको दुरुपयोग गरेको सभापति देउवाले आरोप लगाउनुभयो । 

सदनमा देखाएको दुई तिहाइको दम्भकाे सडकबाट जवाफ दिने उहाँले बताउनुभयो । 

सरकारको एकलौटी व्यवहारको विरोधमा नेपाली कांग्रेस अब देशैभर सडक संघर्षमा उत्रने उहाँले चेतावनी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया