डा.केसीलाई अनसन तोडेर उत्सव मनाउन योगेश भट्टराईको आग्रह

 माघ ११, २०७५ शुक्रबार १५:२३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पारित हुनु चिकित्सा शिक्षाको क्षेत्रमा ऐतिहासिक फड्को भएको टिप्पणी गर्नुभएको छ ।

संसद बैठक पछि बाहिरिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । 

चिकित्सा शिक्षा विधेयक पारित हुनुले अब नेपालमा गुणस्तरीय चिकित्सक उत्पादनका साथै विपन्न वर्गका विद्यार्थीलाई पनि चिकित्सा शिक्षा अध्ययनका लागि बाटो खोलेको बताउनुभयो । 

विधेयक पारित भएसँगै नेता भट्टराईले आमरण अनसनमा बस्नुभएका डा.गोविन्द केसीलाई अनसन तोडेर उत्सव मनाउन आग्रह गर्नुभयो ।  

‘डा.केसीले उठाउनुभएको सबै विषयलाई विधेयले समेटेको छ,’ भट्टराईले भन्नुभयो, अब डा.केसीले चिकित्सा शिक्षाको विषय लिएर कहिल्यै पनि यस्तो कठिन संघर्ष गर्न पर्दैन ।’ 

नेता भट्टराईले अब डा. केसीको नाम उचालेर राजनीति गर्ने दिन सकिएको भन्दै सदनबाट पारित भएको विधेयक कार्यान्वयनको दिशामा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • विनोद कोइराला

    Jan. 25, 2019, 4:39 p.m.

    कामरेड, गान्धीको सत्याग्रहले बेलायती साम्राज्यलाई भारतबाट बढारेको यथार्थ पनि नबिर्सिनु नि।

  •  0 Reply

तपाईको प्रतिक्रिया