बहुमतकाे बलमा सरकारले संसदीय सर्वोच्चताको दुरुपयोग गर्‍याे : विवेकशील साझा

 माघ ११, २०७५ शुक्रबार १७:४८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विवेकशील साझा पार्टीले अनसनरत डाक्टर गोविन्द केसीसँग गरेको सहमति विपरीत बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै सरकारको आलोचना गरेको छ ।

शुक्रबार विज्ञप्ति निकालेर विवेकशील साझा पार्टीले सरकारकाे आलाेचना गरेकाे हाे । 

बहुमतकाे बलमिच्याइँमा लागेर सरकारले संसदीय सर्वोच्चताको दुरुपयोग गरेकाे पनि उसले जनाएको छ ।

विवेकशील साझाले आइतबार माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने पनि जनाएकाे छ ।  
 

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया