चिकित्सा शिक्षा विधेयकमा सबैको सुझाव समेटिएको छ : मन्त्री पोखरेल

 माघ ११, २०७५ शुक्रबार १७:५१:३१ | उज्यालो सहकर्मी

काठमाण्डौ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०६९ सालदेखि छलफल हुँदै आएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ प्रतिनिधिसभाबाट पारित भएकोमा खुसी व्यक्त गर्नु भएको छ । 

मन्त्री पोखरेलले विधेयकमा डा. गोविन्द केसी र चिकित्सा क्षेत्र सुधारको माग गर्दै आएका सबैको सुझावलाई समेटेर पारित गरिएको दावी पनि गर्नु भयो । उहाँले चिकित्सा शाष्त्र अध्ययन संस्थानको नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु हुने भएकाले यो विधेयक पारित गराउन सरकारले अग्रसरता लिनु परेको पनि स्पष्ट पार्नु भयो ।

कांग्रेसको अवरोधकाबीच विधेयक पारित भएलगत्तै उहाँले अन्तरवस्तु र प्रक्रिया दुवै हिसावले विधेयक सही ढंगले पारित गरिएको पनि बताउनु भयो ।

मन्त्री पोखरेलले चिकित्सा क्षेत्र सुधारका लागि उपयोगी हुने यो विधेयक राष्ट्रिय सभाले पारित गरेपछि ऐनको रुपमा लिने र त्यसलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले डा. केसीसँग गरिएको सहमति अनुसारको अन्तरबस्तुमै आधारित भएर सो विधेयक पारित गरिएको तर्क पनि गर्नु भयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया