सार्वजनिक भयो सलमान खानको फिल्म ‘भारत’ को टिजर

 माघ ११, २०७५ शुक्रबार २०:४४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

सलमान खानका फ्यानहरु उनको अब रिलिज हुने फिल्म ‘भारत’ लाई निकै व्यग्रताका साथ पर्खिएर बसेका छन् ।

फिल्म ‘भारत’ रिलिज हुन भने अझै धेरै समय बाँकी नै छ । तर आज उनको यस फिल्मको टिजर सार्वजनिक भएको छ । टिजर सार्वजनिक भएसँगै अहिले सलमानको फिल्म ‘भारत’को पखाई सार्थक हुने चर्चा चलिरहेको छ । 

टिजरको सुरुवात सलमानको दमदार भ्वाइस ओभरबाट गरिएको छ । सलमानको डायलग जति दमदार छ, उनको लुक र एन्ट्री पनि शानदार देखिएको छ । यस टिजरमा सलमान खान ६ वटा फरक फरक अवतारमा देखिएका छन् भने फिल्मका अन्य कलाकारहरु कोही पनि देखिएका छैनन् । 

फिल्म ‘भारत’ को टिजर सावर्जनिक भएसँगै अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । अली अब्बास जफरको निर्देशन रहने यस फिल्ममा सलमान खान, कट्रिना केफ, तबु, दिशा पाटनी, ज्याकी श्राफ, वरुण धवन लगायतका कलाकारहरु रहेका छन् ।

यो फिल्म सन् २०१४ को सुपरहिट कोरियन फिल्म ‘ओड टु माई फदर’ को हिन्दी रिमेक हो । फिल्म ‘भारत’ २०१९ को ईदको अवसरमा जून ५ मा रिलिज हुनेछ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया