न्यूजिल्याण्डविरुद्धको दोस्रो एक दिवसीय: भारत ९० रनले विजयी

 माघ १२, २०७५ शनिबार १६:१०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

न्यूजिल्याण्डविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा भारत ९० रनले विजयी भएको छ ।

जितसँगै ५ वटा एकदिवसीय सिरिजमा भारतले २–० को अग्रता लिएको छ । ३२५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ४०.२ ओभरमा २३४ रनमात्र बना एकाे थियाे ।

सुरुदेखिनै दबाबमा आएकाे न्यूजिल्याण्डका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका डग ब्रेसवेलले सर्वाधिक ५७ रन बनाएका थिए ।

भारतका लागि कुलदीप यादबले ४ तथा भुवनेश्वर कुमार र युज्बेन्द्र चहलले दुई-दुई विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाउँदै ३२४ रन बनाएको थियो । रोहित शर्मा र शिखर धवनले १५४ रनको साझेदारी गर्दै बलियो सुरुआत गरेका थिए ।

शर्मा ८७ तथा धवन ६६ रनमा आउट भएका थिए । कप्तान विराट कोहली ४३ रनमा आउट हुँदा अम्वाती रायडु ४७ रनमा पेभेलियन फर्किए ।

भारतका लागि अन्तिमसम्म महेन्द्रसिंह धोनी ४८ तथा केदार जादव २२ रन बनाएर नट आउट रहे । न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्ट र लक फर्गुसनले २–२ विकेट लिएका थिए ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया