व्यापारीमाथि गरिएकाे हातपातको विरोध विराेधमा गौशाला बजार बन्द

 माघ १२, २०७५ शनिबार १९:५३:५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - आफूहरुमाथि हातपात गरिएको भन्दै व्यापारीहरुले शनिबार गौशाला बजार बन्द गराएका छन् ।

बिहान गौशाला बजारभित्र रहेको टहराहरु हटाउने क्रममा विवाद हुँदा व्यापारीहरुमाथि केही व्यक्तिहरुले हातपात गरेको भन्दै त्यसको विराेधमा बजार बन्द गराइएकाे व्यापारीहरु बताउँछन् । 

व्यापारीहरुले  घटनाको निष्पक्षरुपमा छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै अनिश्चितकालिन बजार बन्द गराएको गौशाला उद्योग वाणिज्य संघका सचिव सुनिलचन्द्र झाले बताउनुभयाे । झा का अनुसार छानबिन नहुन्जेलसम्म बजार बन्द रहनेछ। ह

शनिबार बिहान गौशाला नगरपालिकाले सडकभित्र पर्ने टहरा हटाउने क्रममा नालामा राखिएको स्ल्याबसमेत हटाएको भन्दै केही युवाहरुले आपति जनाएका थिए ।

सूचना दिएता पनि सामान हटाउनको लागि म्याद नदिँदा व्यापारीहरुलाई क्षति भएको भन्दै युवाहरु आक्रोशित भएका थिए । सोही क्रममा घटनास्थलमा रहेका बजार सुधार्नका लागि गठित सर्वदलीय समितिका पदाधिकारीहरु र ती युवाहरुबीच चर्काचर्कीसमेत भएको थियो ।

त्यसै क्रममा स्थानीय व्यापारी पंकज साह र सन्तोष साहमाथि ती पदाधिकारीमध्येका केही सदस्य र प्रहरीले हातपात गरेको घटनास्थलमा रहेका प्रत्यक्षदर्शी व्यापारीहरुले बताएका छन । 

नगरपालिकाको कार्यालयले सुरु गरेको टहरा हटाउने कार्य तत्कालको स्थगित गरेको छ । नगरपालिकामा केही दिन अगाडि गठन भएको सर्वदलीय समितिले शुक्र‍बार गौशाला-४ मा रहेकाे कित्ता नं. ९२ मा रहेको २२ कटठा जग्गा खाली गराएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया