फिलिपिन्स : बिस्फोटमा २० जनाभन्दा धेरैको मृत्यु, दर्जनौँ घाइते

 माघ १३, २०७५ आइतबार १३:१५:३९ | एजेन्सी
unn.prixa.net

फिलिपिन्समा दुईवटा बम विस्फोट हुँदा २० जनाभन्दा धेरैको ज्यान गएको छ । विस्फोटमा दर्जनौ घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान पौने ९ बजे जोलो आइसल्याण्डमा रहेको एउटा चर्चमा प्राथना गरिरहेका बेला पहिलो विस्फोट भएको बीबीसीले जनाएको छ । 

त्यसको केही समयपछि कार पार्किङमा अर्को विस्फोट भएको हो । विस्फोटपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । तर अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन ।  
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया