नाइजरबाट आफ्ना सेना फिर्ता गर्न थाल्ने अमेरिकाको प्रतिबद्धता
बैशाख ८, २०८१ शनिबार
पाँचथर – कुम्मायक गाउँपालिका–२ मा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
शुक्रबार राति घरका सदस्य आफन्तको विवाहमा गएको मौकामा कुम्मायक गाउँपालिका वडा–१ घर भई माङजाबुङमा बस्दै आएका २१ वर्षीय अन्तरे नामले चिनिने एकल लावतीले बालिकालाई बलात्कार गरेको पाँचथर प्रहरीले जनाएको छ ।
बालिकालाई बलात्कार गरेको पीडितका आफन्तले दिएको जाहेरीका आधारमा लावतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।