जन्ती बसमा करेण्ट लागेर ज्यान गुमाएकाका परिवारलाई नगरपालिकाकाे २० हजार किरिया खर्च

 माघ १३, २०७५ आइतबार १३:३९:२५ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – जन्ती बोकेको बसमा करेन्ट लागेर दुर्घट्ना हुँदा ज्यान गुमाएका सिन्धुलीको दुधौली नगरपालिका–९ जितपुरका मृतकका परिवारलाई नगरपालिकाले २० हजार रुपैयाँ किरिया खर्च दिने भएकाे छ ।

दुधौली नगरपालिकाका घनश्याम राउतका अनुसार जन्ती जाँदा करेन्ट लागेर ज्यान गुमाएका जितपुर निवासी ४५ वर्षीय रामबाबु अधिकारी दनुवार, २० वर्षीय पुजा अधिकारी दनुवार, १७ वर्षीया लिला अधिकारी दनुवार, १० वर्षीय सुरजर ९ वर्षीय आकोस कुँमर दनुवारको परिवारलाई सहयोग गर्ने घोषणा गरिएको हो ।

जितपुरका रामबरण कुमर दनुवारको विवाहको जन्ती बोकेको बस बेहुली लिएर फर्किँदै गर्दा शुक्रबार साँझ (माघ ११ गते) धनुषा जिल्लाको सबेला नगरपालिका–४ बल्टियामा बिजुलीको पोलमा ठोकिएर करेन्ट प्रवाह हुँदा छ जनाको घट्नास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा सबेला नगरपालिका–४ बल्टिया निवासी ५० वर्षीय केसमदेवी कुमरको पनि ज्यान गएको थियो । 

जितपुर निवासी मृतक सबैको शनिबार कमला नदीमा परम्परा अनुसार सामूहिक रुपमा दाह संस्कार गरिएको छ । एउटै गाउँका पाँच जनाको एकै पटक ज्यान जाँदा दनुवारको बस्ती रहेको जीतपुर गाँउ शोकमग्न छ । बेहुला बेहुली भने छुट्टै गाडीमा रहेकोले सकुशल रहेका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया