रणवीर सिंहको म्यूजिकल कन्सर्टमा अमिताभ बच्चनकी छोरी दर्शकको भिडमा

 माघ १३, २०७५ आइतबार १६:४४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता रणवीर सिंहले हालै उनको आउँदै गरेको फिल्म ‘गली ब्वाय’ को म्यूजिक लञ्च कार्यक्रममा लाइभ परफरमेन्स दिएका थिए ।

म्यूजिक लञ्च कार्यक्रममा रणवीरले गीत गाएर, नाचेर आफ्नाे धमाकेदार प्रस्तुति दिएका थिए । रणवीरसँगै त्यहाँ उपस्थित दर्शकहरु पनि निकै रमाएका थिए ।  त्यस भिडमा बलिउडका मेगास्टार अभिताभ बच्चनकी छोरी पनि रमाइलो गरिरहेको भिडियो तथा फोटोहरु यतिबेला चर्चामा रहेको छ । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Viral Bhayani (@viralbhayani) on

अमिताभ बच्चनकी छोरी श्वेता बच्चन भिडको बीचमा अन्य दर्शकहरुसँगै रणवीर सिंहको गितमा झुम्दै नाचिरहेकी देखिन्छिन् । तर भिडको बीचमा श्वेता बच्चन पनि रहेको कुरा त्यहाँ उपस्थित कसैले ध्यान दिएनन् ।

अमिताभकी छोरी बलिउडमा नआएपनि उनको बलिउडका कयौं सुपरस्टारसँग नजिकको सम्बन्ध रहेको छ । रणवीर सिंहसँग पनि उनको राम्रो मित्रता रहेको छ ।

फिल्म ‘गली ब्वाय’ को म्यूजिक लञ्च कार्यक्रममा रणवीर सिंहका साथै अभिनेत्री आलिया भट्ट र कल्कि कोचलिन पनि सहभागी थिए । साथै फिल्मकी निर्देशक जोया अख्तर र फिल्मका प्रोड्यूसर फरहान अख्तर पनि सहभागी भएका थिए । 

फिल्म ‘गली ब्वाय’ को ट्रेलर सार्वजनिक भएपछि रणवीर सिंह र आलिया भट्टको अभिनयको चर्चा भएको थियो । फिल्म ‘गली ब्वाय यही फेब्रुअरी १४ अर्थात प्रणय दिवसका दिन रिलिज हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया