यूएईविरुद्ध तेस्रो एक दिवसीय क्रिकेट : नेपालले ३० ओभर बलिङ गर्दा ४ विकेट लिएर ८३ रन दियाे

 माघ १४, २०७५ सोमबार १३:४०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको तेस्रो एक दिवसीय क्रिकेटमा नेपालले ३० ओभर बलिङ गर्दा ४ विकेट लिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली यूएईले अहिलेसम्म ४ विकेटको नोक्सानीमा ८३ रन बनाएको छ । 

नेपालका सोमपाल कामीले पहिलो ओभरको बलिङ लिएर आएका थिए । सोमपालले अहिलेसम्म ७ ओभर बलिङ गर्दा ३ ओभर मेडन राख्दै १  विकेट लिएका छन् । 

यसैगरी दोस्रो नम्बरमा बलिङ गर्न आएका करण केसीले ६ ओभर बलिङ गर्दा २ ओभर मेडन राखेर १३ रन खर्चँदै १ विकेट लिए ।

कप्तान पारस खड्काले ८ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै १६ रन दिएर १ विकेट लिएका छन् । अहिलेसम्म ६  जना बलर प्रयोग गरेको नेपालका लागि आरिफ शेखले चौथो बलरको रुपमा बलिङ गरे । उनले अहिलेसम्म २ ओभर बलिङ गर्दा १० रन खर्चिए ।

पाँचौ बलरको रुपमा लेगस्पिनर सन्दीप लामिछाने बलिङमा आएका थिए । ५ ओभर बलिङ गर्दा सन्दीपले १९ रन दिँदै एक विकेट लिएका छन् ।

छैटौं बलरको रुपमा ललितनारायण राजवंशी आएका थिए । उनले २ ओभर बलिङ गर्दा ५ रन खर्चिएका छन् ।  ३० ओभरको खेल सकिँदा यूएईले ८३ रन जोडेको छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया