गायिका मिलन नेवारको चौथो एल्बम ‘मिलनयात्रा’ सार्वजनिक

 माघ १४, २०७५ सोमबार १५:४९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चर्चित गायिका मिलन नेवारको चौथो एल्बम ‘मिलनयात्रा’ र पाचौँ एल्बममा समावेश ‘मन रेशम’बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापा’बादल’को प्रमुख आतिथ्यतामा गायक दिप श्रेष्ठ, गीतकार राजेन्द्र थापा, संगीतकार शक्तिबल्लभ, गायिका मिलनका मातापितालगायत अन्य अतिथिहरुको हातबाट लोकार्पण गरिएको एल्बममा सातवटा गीतहरु समावेश छन् ।

यी गीतहरुमा योगेन्द्रमणि दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत रहेको छ ।

सार्वजनिक भिडियोमा गायिका मिलन नेवारसँगै गायक कमल खत्रीको स्वर रहेको छ भने भिडियोमा अभिनयसमेत उनीहरुले नै गरेका छन् । 
हरि हुमागार्इंको छायांकन रहेको भिडियोमा निर्देशन राजेश पुमा राईको रहेको छ ।

कार्यक्रममार्फत उनले ‘सिङ्गिङ फर सोसाइटी’ भन्ने उदेश्यसहित ‘मिलन च्यारिटी फाउण्डेसन’को सुरुवात समेत गरेकी छिन् । उनले आफ्नो साङ्गीतिक प्रस्तुतिबाट आउने रकमको केही अंश समाज सेवामा खर्चने उदेश्ये लिएकी छिन् । 

त्यसै अनुसार प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता ‘शहीद स्मृति आवासीय माध्यमिक विद्यालय’ इटहरीमा केन्द्रित गर्ने छिन् ।  

गृहमन्त्री थापाले गायिका मिलनलाई शुभकामना दिँदै आफू पनि नेपाली गीत–संगीत पारखी भएको बताउनुभयो । उहाँले नेपाली संगीतको क्षेत्रमा मिलनले महत्वपूर्ण योगदानको दिएको भन्दै धन्यवाद समेत दिनुभयो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया