डा. केसीले संसदीय विधि र प्रक्रियामाथि बाधा पार्ने काम गर्नुहुँदैन: मन्त्री पाेखरेल

 माघ १४, २०७५ सोमबार १७:२९:४४ | उज्यालो सहकर्मी

काठमाण्डाै - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसन छोड्न डा. गोविन्द केसीलाई पुनः आग्रह गर्नु भएको छ । 

मन्त्री पोखरेलले संसदले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई स्वागत गरेर अघि बढदा नै डा. केसीको पनि सम्मान हुने तर्कसमेत गर्नुभयो ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा सो विधेयक टेबल गरेपछि उहाँले विधि प्रक्रियाभित्रै रहेर पारित गराउने पनि स्पष्ट पार्नुभयो । संसदीय विधि र प्रक्रियामाथि बाधा पार्ने काम डा. केसीले गर्न नहुने उहाँको भनाइ थियो ।

मन्त्री पोखरेलले डा. केसीको मूलभूत मागलाई समेटिएर विधेयक आएको उल्लेख गर्दै त्यसमा केही कमजोरी भए संशोधन गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

मन्त्री पोखरेलले डा. केसीको जीवन रक्षाका लागि सरकारले इलामबाट काठमाडौं ल्याएर उपचार गरिरहेको पनि स्पष्ट पार्नुभयो ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया