पावरप्लेमा नेपाल: ५२ रन १ विकेट

 माघ १४, २०७५ सोमबार १६:२०:३१ | उज्यालो सहकर्मी

यूएईविरुद्धकाे अन्तिम एक दिवसीय सिरिजमा २५५ रनको लक्ष्य पछ्याएको नेपालले मध्यम सुरुआत गरेको छ । १० ओभरको सम्पमातिमा नेपालले १ विकेट गुमाएर ५२ रन बनाएको छ ।

नेपालका ज्ञानेन्द्र मल्ल र पारस खड्का क्रिजमा रहेका छन् । ओपनिङ आएका मल्ल १४ रनमा नट आउट रहँदा अहिलेसम्म २५ बल फेस गरेका खड्का२८ रन बनाएर खेलिरहेका छन् ।

पाचौं ओभरमा तेस्रो बलमा ओपनर ब्याट्सम्यान विनोद भण्डारी आउट भएका थिए । नेपालको स्कोर १९ रन हुँदा भण्डारी ९ रन बनाएर आउट भए । उनी मोहमद नाभिदको बलमा क्याच आउट भएका  हुन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया