तेस्राे एक दिवसीय: नेपाललाई दोस्रो झड्का, ३१ रन बनाएर ज्ञानेन्द्र मल्ल आउट

 माघ १४, २०७५ सोमबार १६:५७:० | उज्यालो सहकर्मी

यूएईविरुद्धकाे तेस्राे एक दिवसीयमा नेपाललाई दोस्रो झड्का लागेको छ ।

यूएईविरुद्ध २५५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि दोस्रो विकेटको रुपमा ओपनिङमा आएका ज्ञानेन्द्र मल्ल आउट भएका हुन् । उनले  ३५ बल खेल्दै ४ चौकाको मद्दतले ३१ रन बनाएर आउट भए ।

उनलाई यूएईका इमरान हैदरले एलबीडब्लूको धरापमा पारेका थिए । १९ रनमा विनोद भण्डारी आउट भएपछि मैदानमा आएका कप्तान पारस खड्कासँग ज्ञानेन्द्रले ६२ रनको साझेदारी गरेका थिए । यसअघि नेपालले पहिलो विकेटको रुपमा ९ रन बनाएर खेलिरहेका विनोद भण्डारीलाई गुमाएको थियो ।

नेपालले अहिले १५ ओभरकाे खेल सकिँदा २ विकेटको नोक्सानीमा ८२ रन जोडेको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया