कप्तान पारस खड्काले बनाए अर्धशतक

 माघ १४, २०७५ सोमबार १७:१५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले अर्धशतक बनाएका छन् ।

यूएईविरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेटमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पारसले ५० बलमा अर्धशतक पूरा गरेका हुन् । तेस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्लसँग ६२ रनको साझेदारी गरेका खड्काले व्यक्तिगत अर्धशतक बनाउँदा दीपेन्द्रसिंह ऐरीसँग १७ रनको साझेदारी गरे ।  

यस्तै कप्तान खड्काले स्ट्राइक रोटेट गरेपछिको बल फेस गरेका दीपेन्द्रसिंह एरी ६ रन बनाएर आउट भएका छन् ।दीपेन्द्रकाे ठाउँमा सन्दीप जोरा क्रिजमा आएका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया