एक दिवसीयमा पारसले बनाए कीर्तिमानी शतक

 माघ १४, २०७५ सोमबार १८:२०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली टिमका कप्तान पारस खड्काले यूएईविरुद्धको अन्तिम एक दिवसीय क्रिकेटमा शतक प्रहार गरेका छन् ।

९६ बलको सामना गरेका पारसले १३ चौका र १ छक्कासहित शतक प्रहार गरेका हुन् ।

यो सँगै खड्का एक दिवसीय क्रिकेटमा शतक बनाउने नेपालको पहिलो ब्याट्सम्यान समेत भएका छन् ।

नेपालले २५५ रनकाे लक्ष्य पछ्याउँदा २०० रन पूरा गरेकाे छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया