अनसन र धर्ना जस्ता क्रियाकलाप नगर्न शिक्षण अस्पतालको आग्रह

 माघ १४, २०७५ सोमबार १८:२०:५८ | उज्यालो सहकर्मी

काठमाण्डौ - त्रिवि शिक्षण अस्पताल महाराजगंजले आफ्नो हाताभित्र धर्ना, अनसन, हडताल जस्ता बिरोधका क्रियाकलाप नगर्न आग्रह गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले सोमबार विज्ञप्ति निकालेर यस्ता गतिबिधि नगर्न आग्रह गर्नुभएको हो ।

अस्पताल हाताभित्र हुने विरोधका कार्यक्रमले बिरामीको उपचारमा समस्या पर्ने भन्दै नियमित स्वास्थ्य उपचारको सेवा प्रदान गर्न पनि अस्पताल प्रशासनले डाक्टरहरुको ध्यानाकर्षण गराएको छ ।

अनसनरत डा. केसीको समर्थनमा नेपाल चिकित्सक संघले रिले अनसन थालेकै दिन अस्पतालले यस्तो आग्रह गरेको हो । डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सक संघले थालेको आन्दोलनप्रति डाक्टरहरु नै विभाजित भएका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया