११५ रन बनाउँदै छैटाैं विकेटका रुपमा आउट भए पारस

 माघ १४, २०७५ सोमबार १८:४६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्ध शतक बनाएका कप्तान पारस खड्का आउट भएका छन् ।

२५५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि पारस छैटौं विकेटका रुपमा आउट भएका हुन् । उनले ९६ बलमा ऐतिहासिक शतक बनाएका थिए ।

समग्रमा १०९ बलकाे सामना गरेका  पारसले १ छक्का र १५ चौकाको मद्दतले ११५ रन जोडे । पारस आउट हुँदा नेपालको स्कोर ६ विकेटको नोक्सानीमा २१५ रन रहेको थियाे भने त्यसपछि क्रिजमा रहेका आरिफ शेखलाई साथ दिन आएका साेमपालले टिमकाे स्काेरलाई अगाडि बढाइरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया