प्रदेश सांसदकाे सपथ लिँदै मनाङेले भने सरकारलाई सहयाेग गर्छु

 माघ १४, २०७५ सोमबार २०:०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - दिपक मनाङे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिनुभएको छ ।

मनाङको प्रदेशसभा (ख) बाट चिर्वाचित गुरुङलाई गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले साेमबार सपथ गराउनु भएको हो ।

ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण गुरुङले सपथ लिन पाउनुभएको थिएन । पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका गुरुङले सपथका लागि निवेदन दिनुभएको थियो ।

स्वतन्त्र उम्मेदवार बन्नुभएको उहाँलाई वाम गठबन्धनले समर्थन गरेको थियो । 

निर्वाचित भएकाे १४ महिनापछि सपथ लिन पाउँदा खुशी व्यक्ति गर्दै गुरुङले अब सरकारलाई सहयोग गर्ने बताउनुभयो ।

आफू कुनै पार्टीमा प्रवेश गर्ने विषयमा अहिले नै केही नसोचेको पनि उहाँले बताउनुभयो । सपथका लागि मनाङे साेमबार नै काठमाडौंबाट पाेखरा पुग्नुभएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया