न्यून दृष्टि भएकी बालिका छात्रावासमा पटक पटक बलात्कृत, आराेपित पक्राउ

 माघ १४, २०७५ सोमबार २०:२४:१३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्जमा एकजना न्यून दृष्टि भएकी किशोरी छात्रावासमै पटक पटक बलात्कृत हुँदै आएकाे घटना सार्वजनिक भएकाे छ ।  

नेपालगञ्ज उपमहानगरपालिका-१३, बुलबुलियामा बाँके नेत्रहीन सङ्घद्वारा दृष्टिविहीन विद्यार्थीका लागि सञ्चालित छात्रावासमा बस्दै आएकी १६ वर्षीया किशोरी बलात्कारमा परेकी हुन् ।

त्यसै छात्रावासमा बस्दै आएका र मंगलप्रसाद मावि नेपालगञ्जका  स्रोत शिक्षक कन्हैयालाल थारुले २०७३ देखि २०७५ साउनसम्म पटक पटक जबरजस्ती करणी गर्दै आएको दावी गर्दै प्रहरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । किशोरीले मंसिर ११ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी गरेपछि थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेत्रहीन महिला संघ र महिला तथा बालबालिका विभागको पहलमा कानूनी उपचारको प्रयास गरिएको हो ।

यसैबीच नेत्रहीन महिला संघ बाँकेले सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी पीडित बालिकाको न्यायका लागि सहयोग गर्न सबैमा अपिल गरेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया